दफा ३९ख
उपदान र निवृत्तभरणसम्बन्धी विशेष व्यवस्था
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिभन्दा पछि नियुक्त हुने निजामती कर्मचारीलाई उपदान तथा निवृत्तभरण दिने प्रयोजनका लागि नेपाल सरकारले छुट्टै उपदान तथा निवृत्तभरण कोष खडा गर्नेछ र त्यस्ता कर्मचारीहरूको मासिक तलबबाट दस प्रतिशतका दरले रकम कट्टी गरी सो रकममा नेपाल सरकारले मासिक तलबको दस प्रतिशत बराबरको रकम थप गरी हुन आउने रकम सो कोषमा जम्मा गरिदिनेछ ।
(२) दफा ३२ को उपदफा (१क), दफा ३४क., ३५, ३६, ३७, ३८, ३९ र ३९क. का उपदान तथा निवृत्तभरणसम्बन्धी प्रावधान उपदफा (१) बमोजिमको सूचना प्रकाशन भएपछि नियुक्त हुने कर्मचारीहरूको हकमा लागू हुने छैनन् ।
(३) उपदफा (१) बमोजिम मासिक तलबबाट कट्टा भए बराबरको रकम नेपाल सरकारले त्यस्तो कर्मचारीलाई तलब भुक्तानी गर्दाको बखत उपलब्ध गराउनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ५९ को खण्ड (ख) को उपखण्ड (२) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका निजामती कर्मचारीले उक्त कोषमा निजको तलबबाट कट्टी गरिएको कुल रकम र सोबापत पाकेको ब्याज तथा मुनाफासमेत एकमुष्ट लिन पाउनेछ ।
(५) उपदफा (१) बमोजिम खडा भएको उपदान तथा निवृत्तभरण कोषमा जम्मा हुने रकमको व्यवस्थापन, सञ्चालन, कोष कट्टी गर्ने प्रक्रिया, उपदान तथा निवृत्तभरण प्रयोजनको लागि कोष कट्टी रकमको भुक्तानी तथा कोष कट्टीसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।